बामदेवलाई भित्र्याउँदै नेपालले भने- कमजोरको कुरा कसैले सुन्दैन, अब हामी बलियो हुनुपर्छ

काठमाडौं : एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले नेपालका कम्युनिष्ट शक्तिहरूलाई एकताबद्ध भएर अगाडि बढाउन निरन्तर प्रयास गर्नुपर्ने बताएका छन्।
शुक्रबार नेता वामदेव गौतम एकीकृत समाजवादीमा प्रवेश गराउँदै उनले कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध बनाउन आफ्नो भूमिका महत्वपूर्ण रहेको भन्दै यसलाई निरन्तरता दिने बताए।
उनले भने, ‘नेपालको कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध बनाउनका लागि हाम्रो भूमिका नै महत्वपूर्ण छ। त्यसो हुनाले नेपालका सबै क्रान्तिकारीहरूलाई वा कम्युनिष्ट शक्तिहरूलाई एकताबद्ध भएर अगाडि बढ्नका लागि आफ्नो प्रयासलाई निरन्तर अगाडि बढाउनुपर्छ।’
उनले पार्टी बलियो भए मात्र सबैले मान्ने धारणा राख्दै आफ्नो शक्ति बलियो बनाउने कुरामा ध्यान केन्द्रित हुनुपर्ने बताए।
‘एकता भयो कि भएन भनेर सधैँ गीत गाएर बस्ने पनि होइन, कुरेर बस्ने पनि होइन। आफ्नो जिम्मेवारी पूरा गर्नुपर्छ। आफ्नो पार्टी बलियो भयो भने त्यसको कुरा सबैले सुन्छन्। कमजोरको कुरा कसैले सुन्दैन। त्यसैले आफ्नो शक्ति बलियो बनाउने कुरामा हाम्रो ध्यान केन्द्रित हुनुपर्छ,’उनले भने।
साउन २, २०८२ शुक्रबार १७:३१:४८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।