सारथी लजिस्टिक्सको औपचारिक सुरुवात, ढुवानी क्षेत्रलाई प्रविधिमैत्री बनाउने लक्ष्य

काठमाडौं : प्रविधिमा आधारित लजिस्टिक्स कम्पनी सारथी लजिस्टिक्स प्रालिले नेपालभर आफ्नो सेवा औपचारिक रूपमा सुरू गरेको छ।
कम्पनीले आधुनिक प्रविधि र पारदर्शिताको माध्यमबाट नेपालको ढुवानी तथा आपूर्ति प्रणालीमा सुधार ल्याउने लक्ष्य राखेको छ।
काठमाडौंको स्वयम्भू, ठूलोभर्याङमा मुख्य कार्यालय रहेको सारथीले नारायणगढ, वीरगञ्ज, विराटनगर, बुटवल, भैरहवा, हेटौंडा, पोखरा, इटहरी र धनगढी लगायतका प्रमुख शहरहरूमा रहेका १५ स्थानबाट सेवा प्रारम्भ गरेको छ।
कम्पनीले आंशिक तथा पूर्ण ट्रक लोड, कुरियर तथा पार्सल डेलिभरी, फ्लीट व्यवस्थापन, वेयरहाउजिङ तथा वितरण र रिभर्स लजिस्टिक्स सेवा दिइरकेको छ।
ग्राहकहरूले कम्पनीको मोबाइल एप वा वेबसाइटमार्फत सहजै ट्रक बुकिङ गर्न, सामानको रियल-टाइम ट्र्याकिङ गर्न र पारदर्शी भुक्तानी प्रक्रियाको लाभ लिन सक्नेछन्।
‘नेपालको परम्परागत ढुवानी व्यवसायलाई प्रविधिमार्फत पारदर्शी, व्यवस्थित र सहज बनाउनु सारथीको मुख्य उद्देश्य हो,’ कम्पनीका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत राजकुमार न्यौपानेले बताए, ‘हामी व्यवसायीदेखि आम उपभोक्तासम्म सबैलाई भरपर्दो सेवा प्रदान गर्न प्रतिबद्ध छौँ।’
कम्पनीमा १५ वर्षभन्दा बढी अनुभव भएका ढुवानी व्यवसायी, सूचना प्रविधि विज्ञ र चार्टर्ड एकाउन्टेन्ट (सीए) सम्मिलित अनुभवी व्यवस्थापन टोली रहेको छ।
साउन २, २०८२ शुक्रबार ११:२४:३५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।