दुई सयले बढ्यो सुनको मूल्य

दुई सयले बढ्यो सुनको मूल्य

काठमाडौं : साताको छैटौं दिन शुक्रबार सुनचाँदीको मूल्य बढेको छ।

बिहीबारको तुलनामा शुक्रबार सुन तोलामा दई सय रुपैयाँ बढ्दा चाँदीमा १५ रुपैयाँको बढोत्तरी आएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार आज सुन तोलाको एक लाख ९२ हजार पाँच सय रुपैयाँ कायम भएको छ। यसअघि हिजो सुन तोलाको एक लाख ९२ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै चाँदी आज तोलाको दुई हजार दुई सय ८० रुपैयाँ कायम हुँदा हिजो तोलाको दुई हजार दुई सय ६५ रुपैयाँमा कारोबार भयो।

साउन २, २०८२ शुक्रबार १०:५२:१५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।