नेपाल लाइफले १० अर्ब प्रथम बीमा शुल्क आर्जन गर्दै कीर्तिमान

काठमाडौं : नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो स्थापनाको २५औं वर्षमा १० अर्ब रुपैयाँभन्दा बढी प्रथम बीमा शुल्क आर्जन गरी जीवन बीमा क्षेत्रमै ऐतिहासिक कीर्तिमान कायम गरेको छ।
यस अवसरमा प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले कम्पनीका सञ्चालक समिति, बीमित, अभिकर्ता, कर्मचारी, शेयरधनी, नियामक निकाय लगायत सम्पूर्ण सरोकारवालालाई धन्यवाद ज्ञापन गरेका छन्।
कम्पनीले यो उपलब्धिलाई समग्र बीमा बजारको लागि एक दिशानिर्देश मानेको छ।
सीईओ पराजुलीका अनुसार, भविष्यमा कम्पनी प्रविधिमैत्री सेवा, सबैका लागि उपयुक्त नवीन बीमा योजना, लगानी विविधीकरण, र अभिकर्ता तथा कर्मचारीको क्षमता अभिवृद्धिमा केन्द्रित रहनेछ।
कम्पनीको लक्ष्य आम नागरिकलाई विश्वस्तरीय बीमा सेवा प्रदान गर्नु रहेको उनले बताए।
साउन २, २०८२ शुक्रबार १०:४३:४० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।