वामदेवको राष्ट्रिय एकता अभियान एकीकृत समाजवादीमा समाहित हुँदै

वामदेवको राष्ट्रिय एकता अभियान एकीकृत समाजवादीमा समाहित हुँदै

काठमाडौं : वामदेव गौतमको नेतृत्वमा रहेको राष्ट्रिय एकता अभियान आज एकीकृत समाजवादीमा समाहित हुँदैछ। 

भैंसेपाटीमा सम्पन्न अभियानको अन्तिम केन्द्रीय समिति बैठकले चार वर्षको समग्र समीक्षा गर्दै एकीकृत समाजवादीमा समाहित हुने निर्णय गरेको हो।

बैठकमा संयोजक गौतमको अध्यक्षता रहेको थियो, जहाँ दुवै पक्षका शीर्ष नेताहरूबीच यसअघि नै सैद्धान्तिक समझदारी बनेको औपचारिक अनुमोदन गरिएको छ।

समायोजनपछि पार्टीको राजनीतिक दर्शन, कार्यक्रम, रणनीति र कार्यदिशामा एकरूपता रहने बताइएको छ। साथै, नेपालको कम्युनिष्ट आन्दोलनलाई थप संगठित र सुदृढ बनाउने साझा उद्देश्यका साथ एकता अघि बढाइएको उनको दाबी छ।

यस एकीकरणको औपचारिक घोषणा आज राष्ट्रिय सभागृहमा हुनेछ। उक्त सभाका लागि एकीकृत समाजवादीले आफ्नो मातहतका सम्पूर्ण कमिटीहरूलाई अनिवार्य उपस्थितिका लागि निर्देशन दिइसकेको छ।

साउन २, २०८२ शुक्रबार ०७:२६:०३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।