नेपाल लाइफद्वारा १० अर्ब प्रथम बीमा शुल्क आर्जन गर्दै रेकर्ड कायम

नेपाल लाइफद्वारा १० अर्ब प्रथम बीमा शुल्क आर्जन गर्दै रेकर्ड कायम

काठमाडौं : नेपालको अग्रणी जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो स्थापनाको २५ औँ वर्षमा प्रवेश गर्दै ऐतिहासिक उपलब्धि हात पारेको छ। कम्पनीले १० अर्ब रुपैयाँ बराबरको प्रथम बीमा शुल्क आर्जन गर्दै जीवन बीमा क्षेत्रमै नयाँ रेकर्ड कायम गरेको हो।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रवीण रमण पराजुलीले यो उपलब्धि सम्भव बनाउन योगदान पुर्याउने सञ्चालक समिति, बीमित, अभिकर्ता, कर्मचारी, शेयरधनी, नियामक निकाय र अन्य सरोकारवालाप्रति आभार प्रकट गरेका छन्।

"नेपाललाइफले प्राप्त गरेको यो ऐतिहासिक सफलता बीमा बजारकै लागि दिशानिर्देशक बनिरहेको छ," पराजुलीले प्रेस विज्ञप्तिमार्फत् भने, "हामी प्रविधिमैत्री प्रणालीमार्फत नविनतम बीमा उत्पादन ल्याउन, लगानीमा विविधता ल्याउँदै प्रतिफल बढाउन र कर्मचारी तथा अभिकर्ताको सीप विकास गर्न कटिबद्ध छौं।"

नेपाललाइफले ग्राहक-मैत्री सेवा, नविनतम योजनाहरू र उच्च प्रतिफल दिने लगानी रणनीतिका कारण नेपाली बीमा बजारमा सशक्त उपस्थिति जमाउँदै आएको छ। कम्पनीले आगामी दिनमा अझै प्रभावकारी र अन्तर्राष्ट्रियस्तरको सेवा प्रदान गर्ने विश्वास व्यक्त गरेको छ।

साउन १, २०८२ बिहीबार २१:५९:२० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।