साफ यु-२० महिला च्याम्पियनसिपमा श्रीलंकामाथि नेपालको फराकिलो जित

साफ यु-२० महिला च्याम्पियनसिपमा श्रीलंकामाथि नेपालको फराकिलो जित

काठमाडौं : बंगलादेशमा जारी साफ यु-२० महिला च्याम्पियनसिपमा नेपालले श्रीलंकालाई ७-० ले हराएको छ। 

नेपालका लागि समिक्षा मगरले दुई, पूर्णिमा राई, कुसुम खतिवडा, सरिता नाथ र बिर्सना चौधरीले एक-एक गोल गरे भने श्रीलंकाले एक आत्मघाती गोल गर्यो।

पहिलो हाफमा नेपालले ४-० को अग्रता लिएको थियो। दोस्रो हाफमा तीन गोल थप्दै सहज जित हात पार्यो।

चार खेलमा तीन जितसहित नेपालले ९ अंक जोडेको छ। अब नेपालले शनिबार भुटानसँग अन्तिम खेल खेल्नेछ।

साउन १, २०८२ बिहीबार १७:१५:०१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।