पाल्पाका प्रेमबहादुरले एकै सिजनमा बेचे ९ हजार कफीका बिरुवा

पाल्पाका प्रेमबहादुरले एकै सिजनमा बेचे ९ हजार कफीका बिरुवा

पाल्पा : रामपुर नगरपालिका-५ भम्बकका प्रेमबहादुर सिंह ठकुरीले यस सिजनमा मात्रै ९ हजार कफीका बिरुवा बिक्री गरेका छन्। ठकुरीले विगत तीन वर्षदेखि अरबिका जातको कफी बिरुवाको उत्पादन गर्दै आइरहेका छन्।

उनका अनुसार बिरुवा प्रति रु ४० का दरले फार्मबाटै बिक्री भइरहेको छ। नर्सरीमा अझै २ हजार ५०० बिरुवा बिक्री गर्न बाँकी रहेको उनले बताए। 

गत वर्ष ठकुरीले करिब ६ हजार बिरुवा बिक्री गरेका थिए। फागुनदेखि असारसम्म रोपाइँका लागि कफी बिरुवा माग हुने भएकाले त्यसअन्तर्गत उनको बिक्री बढेको हो। पाल्पा, स्याङ्जा, पर्वतलगायतका जिल्लामा उनले उत्पादन गरेका बिरुवाहरूको खपत भइरहेको छ।

बिरुवा तयार गर्न करिब १४ महिना लाग्ने बताइएको छ। ठकुरीले आफ्नै घरमा अर्गानिक चिया तथा कफी उद्योगसमेत सञ्चालन गर्दै आएका छन्।

साउन १, २०८२ बिहीबार १६:१४:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।