साउन लागेसँगै नेप्सेमा हरियाली

साउन लागेसँगै नेप्सेमा हरियाली

काठमाडौं : नयाँ आर्थिक वर्षको पहिलो दिन अर्थात साउन १ गते बिहिबार सेयर बजारमा हरियाली छाएको छ। नेप्से परिसूचक ७९.८२ अंकले बढेर २,८७०.६० विन्दुमा पुगेको छ।

मंगलबार र बुधबार पनि बढेको नेप्से साताको कारोबारको अन्तिम दिन थप ७९.८२ अंकले उकालो लागेको हो।

आज कुल २४८ कम्पनीको शेयर कारोबार भयो, तीमध्ये २३९ कम्पनीका शेयर मूल्य बढेका छन्। आज ९ वटा कम्पनीका शेयर मूल्य मात्र घटे।  

आज कारोबार रकममा समेत वृद्धी भएको छ। आजको दिन १६ अर्ब भन्दा बढीको कारोबार भएको छ।  

कुल ३११ स्टकको १६ अर्ब ५९ करोड २१ लाख ५ हजार ४५५ रुपैयाँ बराबरको ३ करोड ८६ लाख ३४ हजार ३५० कित्ता सेयर कारोबार भएको छ। 

आज सेन्सेटिभ इन्डेकस ११.२२ अंकले बढेको छ । फ्लोट इण्डेक्स ५.०६ अंकले बढेको छ भने सेन्सेटिभ फ्लोट इण्डेक्स भने ३.७९ अंकले बढेको छ।

बिहिबार ट्रेड टावर लिमिटेड, शुभम पावर लिमिटेड, थ्रि स्टार हाइड्रोपावर, स्र्टन हाइड्रोपावर र बाराहि हाइड्रोपावरको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। यससँगै ट्रेड टावर कम्पनीको मूल्य ३६.६० रुपैयाँले बढेर ४०२.७० रुपैयाँमा अन्तिम कारोबार भएको छ।

शुभम पावर लिमिटेडको शेयर मूल्य प्रतिकित्ता ८३.१४ रुपैयाँले वृद्धि भएर ९१५.४० रुपैयाँमा अन्तिम कारोबार भएको छ। थ्रि स्टार हाइड्रोपावरको शेयर मूल्य पनि प्रतिकित्ता ७३.१० रुपैयाँले बढेर ८०४.८० रुपैयाँमा अन्तिम कारोबार भएको छ। 
त्यसैगरी, स्र्टन हाइड्रोपावरको शेयर मूल्य प्रतिकित्ता ५७.११ रुपैयाँले बढेर ६३३.७२ रुपैयाँमा अन्तिम कारोबार भएको छ र बाराही हाइड्रोपावरको शेयर मूल्य पनि ६९.२९ रुपैयाँले बढेर ८३८.९८ रुपैयाँमा अन्तिम कारोबार भएको छ।


एनआईबीएल स्टेबल फण्डको शेयर मूल्य सबैभन्दा धेरै प्रतिकित्ता ०.७५ रुपैयाँले घटेर ९.१४ रुपैयाँमा अन्तिम कारोबार भएको छ । यसैगरी, एनआइसी एशिया फिलीक्स क्यापिटल फण्डको शेयर मूल्य ०.६३ रुपैयाँले घटेर ९.५२ रुपैयाँमा अन्तिम कारोबार भएको छ।

आज नेपाल रिइन्स्योरेन्स कम्पनी, बुटवल पावर कम्पनी, सानीमा माइ हाइड्रो पावर, राधी जलविद्युत र नाग्दी ग्रुप पावर लिमिटेडको शेयर सबैभन्दा धेरै कारोबार भयो।
 

साउन १, २०८२ बिहीबार १५:४३:५५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।