
बिहीबार ०१ साउन, २०८२
इराकको सपिङ सेन्टरमा भीषण आगलागी, ५५ जनाको मृत्यु

एजेन्सी : इराकको कात शहरमा रहेको एक सपिङ सेन्टरमा भएको भीषण आगलागीमा परी ५५ जनाको मृत्यु भएको छ।
समाचार एजेन्सी एएफपीले स्वास्थ्य अधिकारीहरूलाई उद्धृत गर्दै यो जानकारी दिएको हो।
उता, इराकको सरकारी सञ्चारमाध्यमका अनुसार उक्त घटनामा धेरै मानिसको मृत्यु भएको छ भने कैयौँ घाइते भएका छन्।
यो सपिङ मल पाँच दिनअघि मात्र सञ्चालनमा आएको थियो। मलमा बुधबार राति लागेको आगो अहिले नियन्त्रणमा आइसकेको छ।
उद्धारकर्मीहरूले अझै पनि बेपत्ता भएका मानिसहरूको खोजी कार्य जारी राखेका छन्।
साउन १, २०८२ बिहीबार १४:०६:५९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।