अनर एक्स६सी नेपालमा सार्वजनिक : एआई फिचर र चार हजार बराबरको निःशुल्क इयरबड्स उपहार

अनर एक्स६सी नेपालमा सार्वजनिक : एआई फिचर र चार हजार बराबरको निःशुल्क इयरबड्स उपहार

काठमाडौं : अनरले नयाँ स्मार्टफोन अनर एक्स६सी नेपालमा सार्वजनिक गरेको छ।

दमदार प्रदर्शन, मजबुत बनावट र सुलभ मूल्यमा उपलब्ध अनर एक्स६सी नयाँ पुस्ताका लागि उपयुक्त स्मार्टफोन बन्ने कम्पनीको दाबी छ।

यसमा १.५ मिटर ड्रप रेसिस्टेन्स, आईपी६४ सुरक्षा र एआई एक्सन बटन जस्ता विशेषताहरू छन्।

सुरुवाती लन्च उत्सवको अवसरमा, अनर एक्स६सी को खरिदमा रु ४,००० बराबरको अनर एक्स७ई एक्टिभ इयरबड्स निःशुल्क पाउन सकिनेछ।

यो अफर साउन १५ गतेसम्म मात्र लागू हुने भएकाले कम्पनीले अनर आउटलेट वा अधिकृत स्टोरमा गएर फोन खरिद गर्न आग्रह गरेको छ।

कम्पनीले ६ जीबी र्याम र १२८ जीबी स्टोरेज भएको मोबाइलको मूल्य १७ हजार तथा ६ जीबी र्याम र २५६ जीबी स्टोरेज भएको मोबाइलको मूल्य १९ हजार रुपैयाँ तोकेको छ।

साउन १, २०८२ बिहीबार १४:००:२१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।