एनसेल ‘लीग अफ क्रिएटर्स’ को उपाधि अमन महर्जनलाई, जिते १० लाखको ब्रान्ड डिल

एनसेल ‘लीग अफ क्रिएटर्स’ को उपाधि अमन महर्जनलाई, जिते १० लाखको ब्रान्ड डिल

काठमाडौं : एनसेलले अपट्रेन्डलीसँगको सहकार्यमा आयोजना गरेको ‘लीग अफ क्रिएटर्स’ प्रतियोगिताको उपाधि ललितपुरका अमन महर्जनले जितेका छन्।

शुक्रबार आयोजित ग्रान्ड फिनालेमा प्रथम हुँदै उनले एक वर्षका लागि १० लाख रुपैयाँ बराबरको ब्रान्ड डिल हात पारे।

प्रतियोगितामा काठमाडौंकी प्रभा श्रेष्ठ (म्याडम्वाजेल क्रिएटर) दोस्रो, बागलुङका मनिष रुचेल तेस्रो र बुटवलका प्रशान्त पाण्डे चौथो भए। उनीहरूले क्रमशः ५ लाख, २ लाख ५० हजार र १ लाख रुपैयाँ बराबरको ब्रान्ड डिल जितेका छन्।

देशैभरका डिजिटल स्टोरीटेलर्सलाई सशक्त बनाउने उद्देश्यले आयोजित यस प्रतियोगितामा छानिएका ५० प्रतिस्पर्धीलाई पाँच जना मेन्टरहरू सञ्जोग कोइराला, प्रतिमा अधिकारी, मिस्टर फूडी नेपाल, पराक्रम राणा र एकता तण्डुकारले प्रशिक्षण दिएका थिए।

एनसेलका चिफ कमर्सियल अफिसर उमेर मोहसिनले प्रतियोगिताले प्रतिभाशाली कन्टेन्ट क्रिएटरहरूको पहिचान गरेको र पुरस्कारले उनीहरूलाई अगाडि बढ्न प्रेरणा मिल्ने विश्वास व्यक्त गरे।

निर्णायक मण्डलमा अमेरिकी राजदूतावासका माइक हार्कर, चलचित्र निर्देशक सिमोस सुनुवार, एनसेलकी पुनम सिंह र अपट्रेन्डलीका मोनायक कार्की रहेका थिए।

साउन १, २०८२ बिहीबार १२:५०:४६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।