२२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा एक पुरुष पक्राउ

२२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा एक पुरुष पक्राउ

डोल्पा : २२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा त्रिपुरासुन्दरी नगरपालिका-६ का ४० वर्षीय यादव विक रहेका छन्। उनलाई बुधबार प्रहरीले पक्राउ गरेको हो।

यादवले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय करबगार्डबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

साउन १, २०८२ बिहीबार १२:३३:५८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।