आजदेखि नयाँ आर्थिक वर्ष सुरू

आजदेखि नयाँ आर्थिक वर्ष सुरू

काठमाडौं : आर्थिक वर्ष २०८२/८३ आजदेखि सुरू भएको छ।

प्रत्येक वर्ष साउन १ गतेदेखि नयाँ आर्थिक वर्ष सुरु हुने व्यवस्था छ। सोहीअनुसार नयाँ आर्थिक वर्ष सुरू भएको हो।

सरकारले वि.सं. २०१८ सालदेखि आर्थिक वर्षको सुरुवात साउन महिनामा सुरू भई असार महिनामा सकिने व्यवस्था गर्दै आएको छ।

नयाँ आर्थिक वर्षले खासगरी सरकारी कारोबारसँग सम्बन्धित विषयका परिवर्तन गर्नेछ। यसले राजस्व, शुल्क, जरिवाना लगायतका व्यवस्था गरिएका परिवर्तन लागु गर्न सुरू गर्नेछ।

तीन तहका सरकारले सार्वजनिक गरेको बजेटको आजदेखि पूर्ण कार्यान्वयनको सुरूवात हुनेछ।

करको दरमा भएको परिवर्तनमध्ये केही भने लागु भइसकेका छन्। विलासिता कर लगायतका केही व्यवस्थाको कार्यान्वयन आजदेखि सुरू हुनेछ।

साउन १, २०८२ बिहीबार ०८:४६:५७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।