मेलामा हत्या गरेर २९ वर्षदेखि फरार फत्तबहादुर पक्राउ परे

मेलामा हत्या गरेर २९ वर्षदेखि फरार फत्तबहादुर पक्राउ परे

तनहुँ : हत्यापछि फरार रहेका दोषी २९ वर्षपछि पक्राउ परेका छन्। प्रहरीले तनहुँ भिमाद नगरपालिका–८ बस्ने ५१ वर्षीय फिरोज भन्ने फत्तबहादुर शाहीलाई २९ वर्षपछि पक्राउ गरेको हो।

फरार रहेका शाही स्याङ्जाको चापाकोट नगरपालिका–४ घुर्लीचौरमा रहेको सूचनाको आधारमा पक्राउ गरेको प्रहरी वरिष्ठ उपरीक्षक कृष्णबहादुर पल्ली मगरले जानकारी दिए। पक्राउ परेका शाहीलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय तनहुँमा पठाइएको उनले जानकारी दिए।

तनहुँको साबिक ढोरफिर्दी गाविस–८ र भानुमति गाविस–७ राइपुरको सिमानामा पर्ने क्याङ्दी खोला र बरखोलाबीच जरेबरमा लागेको मेलामा महिलाका विषयमा विवाद हुँदा उनले चित्रबहादुर खाँणलाई खुकुरी तथा छुरी हानेर हत्या गरेर फरार थिए।

तनहुँ जिल्ला अदालतले विक्रम संवत् २०६० माघ २८ मा उनलाई कर्तव्य ज्यानसम्बन्धी कसुरमा २० वर्ष कैदको फैसला सुनाएको थियो। घटनापश्चात् शाही हालसम्म फरारै थिए।

असार ३२, २०८२ बुधबार २१:५३:३० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।