ओली र देउवाको तस्बिर राखेर फेसबुकमा 'चाकडीवाज, दलाल और भ्रष्टाचारी नेताको बचाते रहिए' लेख्दा कांग्रेसले सोध्यो स्पष्टीकरण

काठमाडौं : सामाजिक सञ्जालमा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले हात मिलाएको तस्बिर राखेर चाकडीबाज, दलाल र भ्रष्ट नेताहरूलाई बचाइ रहनु लेखेका नवलपरासी कांग्रेसका पार्टी प्रवक्ता एवं महासमिति सदस्य राधेश्याम पाठकलाई पार्टीले स्पष्टीकरण सोधेको छ।
कांग्रेसको अनुशासन समितिका संयोजक आनन्द ढुङ्गानाले पार्टीहित विपरीत लेखेको भन्दै उनलाई सात दिनको समय दिएर स्पष्टीकरण पत्र पठाएका हुन्। पत्रमा पार्टी नेतृत्व विरुद्ध अमर्यादित शब्दहरू प्रयोग गरेर स्टाटस लेखेको भन्दै स्पष्टीकरण सोधिएको हो। उनले फेसबुकमा लेखेका थिए :
दिल मिले ना मिले हात मिलाते रहिए । देश बने ना बने सत्ता टिकाते रहिए।
मिसन चौरासी का चिन्ता मत करिए।
भ्रष्टाचार को आगे बढाते रहिए।
लोकतान्त्रिक गणतन्त्र रहे ना रहे। परिवारवादको आगे बढाते रहिए।
आप दोनो को जय नेपाल लाल सलाम कराते रहिए।
चाकडीवाज, दलाल और भ्रष्टाचारी नेताको बचाते रहिए।
यसैगरी २०८० वैशाख १० मा तनहुँमा भएको उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा. स्वर्णिम वाग्लेको पक्षमा सामाजिक सञ्जालबाट मत मागेको नवलपरासी जिल्ला समितिका सदस्य झविन्द्र ज्ञवालीलाई पनि स्पष्टीकरण सोधिएको छ।
असार ३२, २०८२ बुधबार १९:३०:२१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।