काठमाडौं महानगरको २५ अर्ब ७६ करोड बजेट पारित

काठमाडौं : काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि २५ अर्ब ७६ करोड ४३ लाख रुपैयाँको बजेट पारित गरेको छ।
बुधवार बसेको महानगरको १७ औँ नगर सभाको दोस्रो बैठकले आगामी आर्थिक वर्षको बजेट पारित गरेको हो। गत असार २९ मा बसेको १७ औँ नगर सभाको पहिलो बैठकमा उपप्रमुख सुनिता डङ्गोलले महानगरको बजेट सार्वजनिक गरेकी थिइन्।
बजेटमा २५ अर्ब ११ करोड ४३ लाख रुपैयाँ सञ्चित कोषमा व्ययभार पर्ने र ६५ करोड रुपैयाँ अन्य बाह्य व्ययभार हुनेगरी अनुमानित बजेट सार्वजनिक गरिएको थियो। संवैधानिक व्यवस्था अनुसार स्थानीय तहले असार १० गतेभित्र बजेट ल्याइसक्नु पर्ने भए पनि मेयर बालेन शाह र कार्यकारी प्रमुखबीचको आन्तरिक द्वन्द्वका कारण बजेट ल्याउन ढिला भएको थियो। असार मसान्तसम्ममा बजेट पारित गर्नुपर्ने संवैधानिक प्रावधान अनुसार बुधवार बजेट पास भएको हो।
असार ३२, २०८२ बुधबार १८:३३:५२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।