सेयर बजार २८ सय नजिक, कारोबार रकम १४ अर्ब नाघ्यो

काठमाडौं : बुधवार सेयर बजारमा भएको कारोबारमा नेप्से परिसूचक ३४.६१ अङ्क बढेर २८ सय नजिक पुगेको छ। बुधवारको कारोबारमा नेप्से २७ सय ९४ अंकमा पुगेर बजार बन्द भएको छ।
मंगलबार ९ अर्ब ४१ करोडको कारोबार भएकोमा बुधवार कारोबार रकम बढेर १४ अर्ब ३ करोड पुगेको छ। बुधवारको कारोबारमा १ सय ९३ कम्पनीको मूल्य बढेको छ। ५५ कम्पनीको बजार घटेको छ। बुधवारको कारोबारमा विकास बैंक सबैभन्दा धेरै ३.८६ प्रतिशत बढ्यो। बैंकिङ १.५९, फाइनान्स ०.७५, होटेल तथा पर्यटन ०.५९, हाइड्रोपावर १.२८, लगानी ०.५२, जीवन बीमा ०.६६, उत्पादन तथा प्रशोधन १.३९, माइक्रोफाइनान्स १.८५, निर्जीवन बीमा १.८५, अन्य ०.३३ प्रतिशत बढ्यो।
थ्रीस्टार हाइड्रोपावरको मूल्य १० प्रतिशत बढ्यो। ग्रिन डेभलपमेन्ट बैंकको ८.४१, अपरहेवाखोलाको ८.३०, कर्पोरेट डेभलपमेन्ट बैंकको ८.०३, फरवार्ड माइक्रोफाइनान्सको ७.८४ तथा बुटवल पावरको ६.७९ प्रतिशत मूल्य बढ्यो। बुधवारको कारोबारमा व्यापार ०.१८ प्रतिशत घट्यो। माइखोला हाइड्रोपावरको ७.८७, नारायणी डेभलपमेन्ट बैंकको २.९०, उन्नति सहकार्य लघुवित्तको २.१४ प्रतिशत मूल्य घट्यो।
कारोबार रकमका आधारमा बुटवल पावर, राधि विद्युत्, सानिमा माई हाइड्रोपावर, लुम्बिनी विकास बैंक र साहस ऊर्जा उत्कृष्ट पाँच कम्पनीमा रहे।
असार ३२, २०८२ बुधबार १६:३१:२९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।