चालु आर्थिक वर्षको अन्तिम दिन सुनचाँदीको मूल्य घट्यो

काठमाडौं : चालु आर्थिक वर्षको अन्तिम दिन नेपाली बजारमा आज (बुधबार) सुनको मूल्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ हजार ३ सय रुपैयाँले घटेको हो।
मंगलबार प्रतितोला एक लाख ९३ हजार तीन सय रुपैयाँमा कारोबार भएको सुन आज १ लाख ९२ हजार रुपैयाँमा कारोवार भैइरहेको छ।
आज चाँदीको भाउ पनि घटेको छ। महासंघका अनुसार आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेको हो।
मंगलबार प्रतितोला २ हजार २ सय ७५रुपैयाँमा कारोबार भएको चाँदी आज २ हजार २ सय ६० रुपैयाँमा कारोबार भैइरहेको छ।
असार ३२, २०८२ बुधबार १२:२४:५७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।