बालेनका सल्लाहकार गिरी रुपन्देही-३ का जनताको घरदैलोमा, एमाले विद्यार्थी नेता भन्छन्- ‘तिमी अवसरवादी हौ’

बालेनका सल्लाहकार गिरी रुपन्देही-३ का जनताको घरदैलोमा, एमाले विद्यार्थी नेता भन्छन्- ‘तिमी अवसरवादी हौ’

बुटवल : आगामी कार्तिक १७ गते रुपन्देही-३ मा हुन लागेका उपनिर्वाचनमा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)का सल्लाहकार सन्तोष गिरीले स्वतन्त्र उम्मेदवारी दिने तयारी गरेका छन्।

स्वतन्त्र उम्मेदवारी दिने तयारीका साथ रुपन्देही आएका गिरीले अहिले स्थानीयसँग भेटघाटलाई तीव्र बनाएका छन्। उनी मतदाताको घरदैलोमा पुगेर जनताका अपेक्षा र आवश्यकताबारे मसिनो गरी बुझ्दै हिँडेका छन्।

तिलोत्तमा नगरपालिका-६ पश्चिम पहुनी घर भएका गिरी मेयर बालेनका खाद्य तथा परराष्ट्र सल्लाहकार हुन्। ३३ वर्षीय गिरी अर्थशास्त्रमा स्नातकोत्तर र कानुनमा स्नातक गरेका छन्। उनी नेपाल स्वीस च्याम्बर अफ कमर्सका प्रमुख कार्यकारी अधिकृत पनि हुन्।

बालेनको सल्लाहकार हुनुअघि गिरी रुपन्देहीमा अखिलको राजनीति गर्थे। उपनिर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिने तयारी गरेका गिरीलाई एमालेका युवा विद्यार्थी नेताले ‘अवसरवादी’ भनेका  छन्।

अनेरास्ववियू रुपन्देहीका पूर्व जिल्ला अध्यक्ष बालकृष्ण पाण्डेले गिरीलाई जनताले राम्रोसँग चिनेको भन्दै उनलाई अवसरवादीको संज्ञा दिए।

‘तिमीलाई होइन मैले सहसचिव छोडेको? अनि तिमी नै होइन बिचैमा राजीनामा दिएर हिडेको ? अझ जनताका समस्या बुझ्न रे। के बुझ्छौ तिमी हामीलाई थाहा नभएको हो र?’ उनले सामाजिक सञ्जालमै लेखेका छन्।

असार ३२, २०८२ बुधबार ११:१६:३२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।