साफ महिला यू-२०: लिलाको कप्तानमा नेपालको सुरुवाती ११ सार्वजनिक, वर्षाका कारण खेल सवा ८ बजे सर्यो

काठमाडौं : साफ यू-२० महिला च्याम्पियनसिप २०२५ अन्तर्गत श्रीलंकासँगको खेलका लागि नेपालले सुरुवाती ११ घोषणा गरेको छ।
अखिल नेपाल फुटबल संघ (एन्फा)ले सार्वजनिक गरेको प्रारम्भिक टोलीमा कप्तान लिला जोशी गोलकिपरका रूपमा मैदान उत्रिनेछिन्।
टोलीमा डिफेन्डरहरू सरिता नाथ, माया मास्के, गंगा रोकाया र अनिशा राई छन्। मिडफिल्ड सुसिला केसी, समिक्षा मगर, र पुर्णिमा राईले सम्हाल्नेछन्।
आक्रमणको जिम्मा भने सुक्रिया मियाँ, मिना देउवा र वर्षा ओलीको काँधमा हुनेछ। नेपाललाई यामप्रसाद गुरुङले प्रशिक्षकका रूपमा नेतृत्व दिइरहेका छन्।
श्रीलंकासँगको खेल भारी वर्षाका कारण खेल डेढ घण्टा पछि सरेको छ। खेल सवा ८ बजेदेखि सुरू हुने बताइएको छ।
असार ३१, २०८२ मंगलबार १८:३४:३९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।