युरोपको युथ फुटबल प्रतियोगिता डाना कपमा नेपालका तीन टोलीले सहभागिता जनाउने

काठमाडौं : युरोपको प्रतिष्ठित युथ फुटबल प्रतियोगिता डाना कप २०२५ मा नेपालले तीन टोलीसहित सहभागिता जनाउने भएको छ।
औरियम एकेडेमीको नेतृत्वमा रातो बंगला स्कुलका दुई टोली र संस्कृत इन्टरनेशनल स्कुलको एक टोली प्रतियोगितामा सहभागी हुँदैछन्।
यो वर्ष डाना कपमा सहभागी हुने नेपाली टोलीहरूमा रातो बंगला स्कुलको अन्डर १२ ब्वाइज, अन्डर १४ गर्ल्स र संस्कृत इन्टरनेशनल स्कुलको अन्डर १४ ब्वाइज टोली रहेका छन्।
रातो बंगला स्कुलकी अन्डर-१४ बालिका टोली युरोपमा आयोजित युथ फुटबल प्रतियोगितामा भाग लिन लागेको पहिलो नेपाली टोली बन्नेछ।
स्कुल र एकेडेमीहरू लामो समयदेखि विद्यार्थीहरूको समग्र विकासमा लागिरहेका छन्। औरियमसँगको सहकार्यले ती युवाहरूलाई अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो प्रतिभा देखाउने अवसर दिलाएको छ।
औरियम एकेडेमीले सम्पूर्ण व्यवस्थापनको भूमिका निभाउँदै प्रतियोगिता सहभागीलाई “स्पोर्ट्स फर मेन्टल हेल्थ” र ग्रासरुट फुटबल विकाससँग जोडेको छ। अन्तर्राष्ट्रिय अवसरमार्फत नेपाली खेलाडीको आत्मविश्वास र प्रेरणा अभिवृद्धि गर्नु नै प्रमुख उद्देश्य भएको संस्थाले जनाएको छ।
असार ३१, २०८२ मंगलबार १६:३२:४५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।