गत वर्ष ३५ जनाले ज्यान गुमाएको झ्याप्ले खोलामा पहिरो रोक्ने काम अझै सकिएन

गत वर्ष ३५ जनाले ज्यान गुमाएको झ्याप्ले खोलामा पहिरो रोक्ने काम अझै सकिएन

काठमाडौं : गत वर्ष असोज १२ मा नागढुंगा-नौबिसे सडक खण्डको झ्याप्ले खोलामा लेदोसहितको भीषण पहिरो गएको स्थानमा असारको अन्तिम सातासम्म पनि पुनर्निर्माण सकिएको छैन। 

चिनियाँ कम्पनी जियाङसु र नेपाली साझेदार कम्पनी सगुन कन्स्ट्रक्सनले उक्त स्थानमा अहिले पुनर्निर्माणसँगै पहिरो रोकथामको काम गरिरहेको छ। कम्पनीका प्रतिनिधि ज्ञानेन्द्र घिमिरेले सो सड्क खण्डको पहिलो खण्डमा करीब ८० प्रतिशत सड्क कालोपत्रे भइसकेको बताए।

उनका अनुसार पहिरो गएको स्थानमा फेरी पहिरो जाने खतरालाई कम गर्न काम भइरहेको छ। गत वर्षको पहिरोका कारण यातायातका साधन समेत पुरिएका कारण ३५ जनाभन्दा धेरैले ज्यान गुमाएका थिए।

यसअघि २०५० सालमा पनि सोही ठाउँमा पहिरो गएको थियो।

असार ३१, २०८२ मंगलबार १५:०४:५१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।