क्यानडाको जगन्नाथ रथयात्रामा अण्डा प्रहार, भारतको कडा प्रतिक्रिया

क्यानडाको जगन्नाथ रथयात्रामा अण्डा प्रहार, भारतको कडा प्रतिक्रिया

एजेन्सी : क्यानडाको टोरन्टोमा आयोजित जगन्नाथ रथयात्रामा अण्डा प्रहार भएको घटनाप्रति भारतीय विदेश मन्त्रालयले कडा प्रतिक्रिया जनाएको छ।

मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै टोरन्टोमा रथयात्रामा ‘उपद्रवीहरूले अवरोध पुर्याएको’ रिपोर्टबारे आफूलाई जानकारी भएको बताएको छ। समाचार एजेन्सी पीटीआईका अनुसार, रथयात्राका क्रममा केही व्यक्तिहरूले अण्डा प्रहार गरेका थिए।

विज्ञप्तिमा भनिएको छ, ‘यस्ता घृणित कार्यहरू निन्दनीय छन्। यसले एकता, समावेशिता र सामाजिक सद्भाव प्रवर्द्धन गर्ने उत्सवको मूल भावनामाथि चोट पुऱ्याएको छ।’

मन्त्रालयले यो विषय क्यानाडाली अधिकारीहरूसमक्ष उठाइसकेको र यस कार्यमा संलग्न व्यक्तिहरूलाई कारबाहीको दायरामा ल्याउन आग्रह गरेको जनाएको छ।

विज्ञप्तिमा अगाडि भनिएको छ, ‘हामी आशा गर्दछौं कि क्यानाडाली सरकारले आफ्ना नागरिकहरूको धार्मिक अधिकारको रक्षा गर्न आवश्यक कदम चाल्नेछ।’

असार ३१, २०८२ मंगलबार ०८:३४:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।