तेस्रो टेस्टमा इङ्गल्याण्ड विजयी, भारत २२ रनले पराजित

एजेन्सी : लर्ड्समा भएको तेस्रो टेस्टमा इङ्ल्यान्डले भारतलाई २२ रनले पराजित गरेको छ।
खेलको पाँचौं तथा अन्तिम दिन, भारतीय टोली दोस्रो इनिङमा १७० रनमा अलआउट भयो। यद्यपि, रवीन्द्र जडेजाले ६१ रन बनाएर अविजित रहे।
यो जितसँगै आयोजक इङ्ल्यान्डले पाँच खेलको टेस्ट शृङ्खलामा २-१ को अग्रता लिएको छ।
लिड्समा खेलिएको पहिलो टेस्ट खेल इङ्ग्ल्याण्डले जितेको थियो भने भारतीय टोलीले एजबास्टनमा बलियो पुनरागमन गर्दै शृङ्खला १-१ को बराबरी गरेको थियो।
लर्ड्समा दोस्रो इनिङ्समा जितका लागि भारतलाई १९३ रन आवश्यक थियो, तर सम्पूर्ण टोली १७० रनमा आउट भयो।
पहिलो इनिङ्समा इङ्ल्यान्डले ३८७ रन बनाएको थियो, जवाफमा भारतले पनि पहिलो इनिङ्समा त्यति नै रन बनाएको थियो।
दोस्रो इनिङमा आयोजक टोली १९२ रनमा अलआउट भयो।
पाँच टेस्टको शृङ्खलाको चौथो खेल जुलाई २३ देखि म्यानचेस्टरमा खेलिनेछ।
असार ३१, २०८२ मंगलबार ०७:२४:३८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।