बालुवाटारमा सत्ता साझेदार तीन दलका शीर्ष नेताबीच छलफल

बालुवाटारमा सत्ता साझेदार तीन दलका शीर्ष नेताबीच छलफल

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीसहित सत्ता साझेदार दल एमाले, नेपाली कांग्रेस र जनता समाजवादी पार्टी नेपालका शीर्ष नेताहरूबीच छलफल भएको छ।

प्रधानमन्त्री निवास बालुुवाटारमा भएको बैठकमा प्रधानमन्त्री एवं एमालेका अध्यक्ष ओली, नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव, एमालेका उपाध्यक्ष तथा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, महासचिव शङ्कर पोखरेल, कांग्रेसका नेता एवं गृहमन्त्री रमेश लेखक, एमालेका उपमहाचिव एवं प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल र जसपाका नेता राजकिशोर यादव सहभागी थिए।

जसपा नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिने जनाएपछि गठबन्धनलाई बलियो बनाउन छलफल भएको बताइएको छ।

असार ३०, २०८२ सोमबार २१:४०:५४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।