‘प्रसाद २’ का निर्माता सुवास थापा बैंकिङ कसुरमा दोषी ठहर

‘प्रसाद २’ का निर्माता सुवास थापा बैंकिङ कसुरमा दोषी ठहर

काठमाडौं : फिल्म प्रसाद र प्रसाद २ का निर्माता सुवास थापा ६२ लाख ५० हजार रुपैयाँको बैंकिङ कसुर मुद्दामा दोषी ठहर भएका छन्। काठमाडौं जिल्ला अदालतले सोमबार गरेको फैसलामा थापाले फिल्म निर्माणको नाममा रकम उठाएर चेकमार्फत तिर्न खोजे पनि चेक असफल भएको भन्दै उनलाई दोषी ठहर गरेको हो।

फिल्म प्रसाद २ का सह-निर्माताका रूपमा केशव पाण्डेले थापालाई रकम दिएका थिए। तर, पाण्डेको नाममा निर्माण अनुमति नलिएर फिल्मको छायाँकन पूरा गरेपछि थापाले पैसा फिर्ता गर्न इन्कार गर्दै चेक दिएका थिए। तर ती चेक बाउन्स भएपछि पाण्डेले प्रहरीमा जाहेरी दिएका थिए।

अदालतले पाण्डेको दाबी पुष्टि भएको ठहर गर्दै थापालाई दोषी ठहर गरे पनि उनी अहिले अष्ट्रेलियामा रहेको पाइएको छ।

फिल्म प्रसाद २ हलसम्म त पुग्यो, तर फ्लप भयो। त्यसपछि फिल्मको पारिश्रमिकसम्बन्धी विवाद समेत चुलिएको थियो। निर्माता थापामाथि प्राविधिक र कलाकारहरूलाई पारिश्रमिक नदिएको आरोप छ।

फिल्मका निर्देशक सुदर्शन थापा थिए। उनी पनि पछिल्ला दिनमा लेनदेन विवादमा तानिँदै आएका छन्। 

असार ३०, २०८२ सोमबार १७:४४:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।