नेप्सेमा ३५ अंकको गिरावट

नेप्सेमा ३५ अंकको गिरावट

काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज ३५.०९ अंकले घटेर २,७२५.७१ विन्दुमा पुगेको छ। सोमबार १.२७ प्रतिशतको गिरावट आएको हो।

आजको कारोबारमा ३२१ कम्पनीका दुई करोड ११ लाख कित्ता शेयर किनबेच भएका छन्। ७२ हजारभन्दा बढी पटक कारोबार हुँदा जम्मा कारोबार रकम आठ अर्ब १७ करोड रुपैयाँ पुगेको छ, जुन पछिल्लो केही दिनको तुलनामा उल्लेख्य हो।

उपसमूहगत हिसाबले हेर्दा आज जलविद्युत् बाहेक बाँकी सबै समूह ओरालो लागेका छन्। जलविद्युत् समूह भने ०.१५ प्रतिशतले थोरै उकालो लागेको छ। तर अरू समूहको अवस्था सुखद छैन। बैङ्किङ समूह सबैभन्दा धेरै २.४६ प्रतिशतले घटेको छ। त्यसैगरी विकास बैंक, वित्त, होटल तथा पर्यटन, लगानी, जीवन बीमा, उत्पादन तथा प्रशोधन, लघुवित्त, म्युचुअल फन्ड, निर्जीवन बीमा, व्यापार र अन्य समूहमा पनि समान रूपमा गिरावट आएको छ।

कम्पनीतर्फ फर्किँदा माईखोला हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा सबैभन्दा धेरै वृद्धि देखिएको छ। यसको शेयर मूल्य आज ५.९० प्रतिशतले बढेको छ। उता, सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर भने सबैभन्दा धेरै ४.४६ प्रतिशतले घटेको छ।

असार ३०, २०८२ सोमबार १६:०६:२० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।