संसदमा लिङ्देनको प्रश्न- ‘कहाँ छ हो यो प्रधानमन्त्रीको सुशासन आयोग?’

संसदमा लिङ्देनको प्रश्न- ‘कहाँ छ हो यो प्रधानमन्त्रीको सुशासन आयोग?’

काठमाडौं: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा विगतमा गठित सुशासन आयोगबारे प्रश्न उठाएका छन्।

सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले भने, ‘कहाँ छ हो यो प्रधानमन्त्रीको सुशासन आयोग? आज जनताले, देशले खोजिरहेको छ।’

उनले प्रधानमन्त्री ओलीकै अध्यक्षतामा सुशासन आयोग गठन भएको स्मरण गराउँदै त्यसले अहिले के गरिरहेको छ भनेर सदनमा प्रश्न गरे।

लिङ्देनले मन्त्रीहरू एकपछि अर्को भ्रष्टाचार र लेनदेनका कान्डमा मुछिएको भन्दै आक्रोश व्यक्त गरे। उनले नैतिकताका आधारमा त्यस्ता मन्त्रीले राजीनामा दिनुपर्ने वा प्रधानमन्त्रीले बर्खास्त गर्नुपर्ने माग गरे। मन्त्रीहरूका गलत कार्यका विषयमा राप्रपाले संसद् र बाहिरबाट निरन्तर खबरदारी गरिरहने उनको चेतावनी छ।

उनले भिजिट भिसामा जाने व्यक्तिहरूसँग अपारदर्शी रूपमा रकम लिने जस्ता गलत कार्य भइरहेको र यसमा जनताले पनि ध्यान दिइरहेको बताए।

असार ३०, २०८२ सोमबार १४:१६:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।