शिवम् सिमेन्टको ‘नो कम्प्रमाइज’ अभियान अन्तर्गत दोस्रो भिडियो सार्वजनिक

शिवम् सिमेन्टको ‘नो कम्प्रमाइज’ अभियान अन्तर्गत दोस्रो भिडियो सार्वजनिक

एजेन्सी : शिवम् सिमेन्टले आफ्नो लोकप्रिय ब्राण्ड क्याम्पेन ‘क्वालिटीको मामलामा नो कम्प्रमाइज’ अन्तर्गतको दोस्रो प्रचार भिडियो सार्वजनिक गरेको छ। यस भिडियोमार्फत कम्पनीले ‘सर्तकताको मामलामा नो कम्प्रमाइज’ भन्ने सन्देश दिन खोजेको छ।

घरबेटी र भाडावालबीचको सम्बन्धमा आधारित कथा प्रस्तुत गरिएको यस भिडियोमा विश्वास पात्रहरूबाट हुनसक्ने धोका र छलकपटप्रति सचेत रहन तथा जीवनका सामान्य निर्णयमा पनि विवेक र सतर्कता अपनाउनुपर्ने कुरामा जोड दिइएको छ।

यसअघि, क्याम्पेनको पहिलो चरणमा एक कर्तव्यनिष्ठ ट्राफिक प्रहरीको जीवन कथामा आधारित ‘कर्तव्यको मामलामा कम्प्रमाइज’ सन्देशसहितको भिडियोले दर्शकहरूबाट व्यापक प्रशंसा पाएको थियो।

शिवम् सिमेन्टको यो अभियान केवल व्यापारिक विज्ञापनमा सीमित नभई समाजमा जनचेतना अभिवृद्धि र उत्तरदायित्व बोध गराउने उद्देश्यले प्रेरित छ।

‘नो कम्प्रमाइज भन्न जति सजिलो छ त्यतिनै व्यवहारमा पुरा गर्न गाह्रो छ, तर जसले पूरा गर्छ, उसको शीर सधैँ ठाडो हुन्छ’ भन्ने मूल सन्देशका साथ कम्पनीले गुणस्तरमा कहिल्यै सम्झौता नगर्ने आफ्नो प्रतिबद्धतालाई थप प्रस्ट पारेको छ।

स्थापनाकालदेखि नै ओ.पी.सी सिमेन्ट उत्पादनमा केन्द्रित शिवम् सिमेन्टले गुणस्तर, भरोसा र दीर्घकालीन सम्बन्धलाई प्राथमिकता दिँदै आएको छ।

‘गुणस्तरको पहिचान हो शिवम्’, ‘भरोसा अटुट सम्बन्धको’, ‘कर्तव्यको मामलामा कम्प्रमाइज’ जस्ता नाराहरूमार्फत कम्पनीले आफ्नो सिद्धान्तलाई उजागर गरेको छ। यसै प्रतिबद्धता स्वरूप शिवम् सिमेन्टले राष्ट्रिय पुरस्कार ‘एनएस क्वालिटी अवार्ड २०१९’ समेत प्राप्त गरिसकेको छ।

असार ३०, २०८२ सोमबार ११:२५:१७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।