सुनसरीमा गोली प्रहारबाट किशोरीको मृत्यु, आरोपी फरार

सुनसरीमा गोली प्रहारबाट किशोरीको मृत्यु, आरोपी फरार

इनरुवा : सुनसरीको हरिनगर गाउँपालिका-६, घुस्कीमा हिजो राति गोली प्रहारबाट एक जना १७ वर्षीया किशोरीको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा स्थानीय अर्चना खातुन रहेकी छन्।

घरेलु विवादका क्रममा भारत अररिया घर भएका २५ वर्षीय आजाज मियाँले गोली प्रहार गरेको प्रहरीले जनाएको छ। गोली लागेर अर्चनाको घटनास्थलमै मृत्यु भएको थियो।

गोली प्रहारलगत्तै आरोपी मियाँ फरार भएकाले उनको खोजी कार्य तीव्र पारिएको प्रहरीले बताएको छ।

भारतको सुपौल र सुनसरीको हरिनगर नाकासहित सीमावर्ती क्षेत्रमा निगरानी बढाइएको प्रहरीले जानकारी दिएको छ।

असार ३०, २०८२ सोमबार ०९:५४:३० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।