गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स राष्ट्रिय भुक्तानी स्विच तथा नेपालपे कार्डमा आबद्ध

गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स राष्ट्रिय भुक्तानी स्विच तथा नेपालपे कार्डमा आबद्ध

काठमाडौं : गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स लिमिटेड नेपाल क्लियरिङ हाउस लिमिटेडको राष्ट्रिय भुक्तानी स्विच तथा डोमेस्टिक कार्ड स्किमको प्रिन्सिपल मेम्बरसिपका लागि आबद्ध भएको छ।

यस सम्बन्धी सम्झौतापत्रमा गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सका प्रमुख कार्यकारी अधिकृत तोयाराज अधिकारी र एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत श्री निलेश मान सिंह प्रधानले हस्ताक्षर गरे।

एनसीएचएलले हालै राष्ट्रिय भुक्तानी स्वीचको पूर्वाधार तयारी पूरा भएको घोषणा गर्दै बैंक वित्तीय संस्थाहरूलाई नेपालको आफ्नै डोमेस्टिक कार्ड स्किम नेपालपे कार्डको इस्युइङ्ग र अक्वायरिङ्गका लागि आफ्नो स्विच इन्टिग्रेट गर्न आग्रह गरेको थियो।

यसै क्रममा बैंक वित्तीय संस्थाहरू राष्ट्रिय भुक्तानी स्वीच तथा नेपालपे कार्डमा आबद्ध भइरहेका छन्। नेपालपे पूर्वाधारको कमर्सियल रोलआउट पश्चात् गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सले ग्राहकहरूका लागि उक्त कार्ड जारी तथा स्वीकार गर्न सक्नेछ।

राष्ट्रिय भुक्तानी स्वीचलाई विभिन्न कार्ड स्विचहरू बीच अन्तरआबद्धता कायम गर्दै डोमेस्टिक कार्ड कारोबारहरूको राउटिङ्ग र सेटलमेन्टका लागि एक सेन्ट्रल कार्ड स्विचको रूपमा स्थापना गरिँदैछ।

उक्त प्रणालीको पूर्ण कार्यान्वयन पश्चात् डोमेस्टिक कार्ड कारोबारहरूको लागत घटाउने, डाटा लोकलाइजेशन सुनिश्चित गर्ने र डिजिटल इकोसिस्टममा नवीनतम उपकरणहरूको विकास तथा प्रवर्द्धन हुने अपेक्षा गरिएको छ।

असार ३०, २०८२ सोमबार ०९:४५:२५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।