आज लर्ड्स टेस्टको अन्तिम दिन : इङ्गल्याण्डलाई जितका लागि छ विकेट आवश्यक, भारतले १३५ बनाउनुपर्ने

एजेन्सी : लर्ड्समा जारी तेस्रो टेस्टको पाँचौं तथा अन्तिम दिन खेल निर्णायक मोडमा पुगेको छ।
खेल जित्न इङ्गल्याण्डलाई अझै ६ विकेट आवश्यक छ भने भारतले १३५ रन बनाउनु पर्नेछ।
आज दिउँसो ३:४५ बजेबाट सुरू हुने खेलमा भारतले आफ्नो दोस्रो इनिङ्स ५८/४ को अवस्थाबाट अगाडि बढाउनेछ। केएल राहुल ३३ रनमा अविजित छन्।
चौथो दिन इङ्गल्याण्डले २/० बाट खेल्न सुरु गरी १९२ रनमा अलआउट भयो। कप्तान बेन स्टोक्सले ३३ र जो रुटले ४० रन बनाए।
भारतका लागि वाशिंगटन सुन्दरले उत्कृष्ट बलिङ गर्दै ४ विकेट लिए भने बुमराह र सिराजले २-२ विकेट हात पारे।
१९३ रनको लक्ष्य पछ्याएको भारतले चौथो दिन तेस्रो सत्रमा ब्याटिङ थाल्यो र दिनको समाप्तिमा ४ विकेट गुमाएर ५८ रन बनायो।
यशस्वी जयस्वाल (०), करुण नायर (१४), शुभमन गिल (६) र आकाशदीप (१) सस्तैमा आउट भए। इङ्गल्याण्डका लागि ब्रायडन कार्सेले २ तथा आर्चर र स्टोक्सले १-१ विकेट लिए।
भारतले आफ्नो पहिलो इनिङ्समा ३८७ रन बनाएको थियो। ऋषभ पन्तले ७४ रन बनाए भने केएल राहुलले शतकीय (१०० रन) इनिङ्स खेलेका थिए। उनीहरूबीच चौथो विकेटका लागि १४१ रनको महत्त्वपूर्ण साझेदारी भएको थियो।
त्यसअघि, टस जितेर पहिले ब्याटिङ गरेको इङ्गल्याण्डले पहिलो इनिङ्समा २५१ रन बनाएको थियो। जो रुट ९९ रनमा अविजित रहेका थिए। अब खेलको नतिजा पाँचौं दिनको प्रदर्शनमा निर्भर रहनेछ।
असार ३०, २०८२ सोमबार ०९:०९:३१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।