प्रतिनिधिसभा बैठकमा आज प्रचण्डले सम्बोधन गर्दै, खेलकुद विधेयक प्रस्तुत हुने

प्रतिनिधिसभा बैठकमा आज प्रचण्डले सम्बोधन गर्दै, खेलकुद विधेयक प्रस्तुत हुने

काठमाडौं : संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दैछ।

आजको बैठकमा प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले समसामयिक विषयमा सदनलाई सम्बोधन गर्ने कार्यसूची तय भएको छ।

संसद सचिवालयले सार्वजनिक गरेको कार्यसूची अनुसार, बैठकको सुरुमा सहरी विकास मन्त्रालयसहितका विभिन्न मन्त्रालयसँग सम्बन्धित प्रश्नोत्तरको कार्यक्रम राखिएको छ।

त्यसैगरी, आजको बैठकमा खेलकुदमन्त्री तेजुलाल चौधरीले 'राष्ट्रिय खेलकुद विकास (पहिलो संशोधन) विधेयक, २०८२' माथि विचार गरियोस् भन्ने प्रस्ताव सदनमा पेश गर्ने कार्यसूची पनि रहेको छ।

प्रतिनिधिसभा बैठकमा आजको छलफल र प्रमुख प्रतिपक्षी नेताको सम्बोधनलाई चासोका साथ हेरिएको छ।

असार ३०, २०८२ सोमबार ०७:१९:३४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।