काठमाडौंमा पनि खुल्यो करेन्ट पोइन्ट : नूडल्स पारखीले नयाँ फ्लेबरको मज्जा लिन पाउने

काठमाडौंमा पनि खुल्यो करेन्ट पोइन्ट : नूडल्स पारखीले नयाँ फ्लेबरको मज्जा लिन पाउने

काठमाडौं : करेन्ट नुडल्सका निर्माता यसोदा फुड्सले काठमाडौंमा आफ्ना ग्राहकका लागि नयाँ शाखा विस्तार गरेको छ। शुक्रबार अनामनगरमा 'करेन्ट पोइन्ट' नामक नयाँ आउटलेट सञ्चालनमा ल्याइएको हो।

सिंहदरबारको विपरीत दिशामा, न्यू प्लाजातर्फ जाने बाटोमा खुला गरिएको यो नयाँ शाखाको उद्घाटन चर्चित अभिनेत्री तथा करेन्ट नुडल्सकी ब्रान्ड एम्बेसडर केकी अधिकारीले गरिन्। उनीसँगै कार्यक्रममा ग्राहक र शुभेच्छुकहरूको उल्लेख्य उपस्थिति देखिएको थियो।

कार्यक्रममा बोल्दै यसोदा फुड्सका अध्यक्ष चुन्न प्रसाद पौडेलले बुटवलको करेन्ट पोइन्टले पाएको माया र लोकप्रियताले राजधानीमा शाखा विस्तार गर्न हौसला दिएको बताए। ‘काठमाडौंका नूडल्स पारखीहरूका लागि यो उत्कृष्ट गन्तव्य बन्नेछ भन्ने हाम्रो विश्वास छ,’ उनले भने, ‘विशेषगरी पिरो, चट्पटे स्वाद रुचाउनेहरूलाई करेन्ट पोइन्टले नयाँ अनुभव दिनेछ।’

उक्त अवसरमा यसोदा फुड्सका ग्लोबल सिइओ जीपी शाहले करेन्ट नूडल्स र कम्पनीका अन्य उत्पादनबारे मिडियालाई जानकारी दिएका थिए।

करेन्ट पोइन्टमा ग्राहकहरूले करेन्ट ब्रान्डका विभिन्न परिकारहरू विशेषगरी पिरो र स्वादिलो चाउचाउका नयाँ फ्लेवरहरू चाख्न पाउनेछन्। ग्राहकहरूले आफूलाई मन पर्ने मसला र फ्लेवर रोज्न सक्ने व्यवस्था रहेको कम्पनीले जनाएको छ। सन् २०१७ मा स्थापना भएको यसोदा फुड्स प्रा.लि. ले ‘करेन्ट’ ब्रान्डअन्तर्गत विभिन्न प्रकारका पिरो तथा स्वादिष्ट नुडल्स उत्पादन गर्दै आएको छ। कम्पनीले चिजबल्स, स्टिक्स, पोट्याटो क्र्याकर्स लगायतका स्न्याक्स पनि बजारमा ल्याएको छ।

असार २९, २०८२ आइतबार १९:१५:५३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।