सिटी एक्सप्रेस मनि ट्रान्सफरको १९औं वार्षिकोत्सव, रक्तदान कार्यक्रमसहित उत्कृष्ट कर्मचारी सम्मानित

सिटी एक्सप्रेस मनि ट्रान्सफरको १९औं वार्षिकोत्सव, रक्तदान कार्यक्रमसहित उत्कृष्ट कर्मचारी सम्मानित

काठमाडौं : सिटी एक्सप्रेस मनि ट्रान्सफरले आफ्नो स्थापनाको १८ वर्ष पूरा गरी १९औं वर्षमा प्रवेश गरेको छ। असार २७ गते १९औं वार्षिकोत्सवको अवसरमा कम्पनीले सामाजिक उत्तरदायित्व अन्तरर्गत रक्तदान कार्यक्रम आयोजना गरेको छ।

‘रक्तदान जीवनदान- हामी सबैको योगदान’ भन्ने नारासहित कमलादीस्थित केन्द्रीय कार्यालय प्राङ्गणमा सम्पन्न कार्यक्रममा कम्पनीका कर्मचारी, ग्राहक, शुभेच्छुक र अन्य इच्छुक सहभागीहरूले रक्तदान गरेका थिए। कार्यक्रममा सिटी एक्सप्रेसका ब्रान्ड एम्बेसडर तथा चर्चित कलाकार जितु नेपालको पनि उपस्थिति रहेको थियो।

वार्षिकोत्सवकै अवसरमा कम्पनीले गत वर्ष उत्कृष्ट प्रदर्शन गरेका कर्मचारीहरूलाई विशेष सम्मान तथा पुरस्कार पनि प्रदान गरेको छ।

सन् २००७ देखि सेवा सुरु गरेको सिटी एक्सप्रेस मनि ट्रान्सफरले पछिल्लो १८ वर्षमा रेमिट्यान्स क्षेत्रमा आफ्नै छुट्टै पहिचान बनाउँदै आएको छ। संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दै आएको कम्पनीले हालै सिटी पे वालेटमार्फत डिजिटल भुक्तानी सेवा सुरु गरेको छ। यस सेवामार्फत अनलाइन कारोबार तथा रेमिट्यान्सको भुक्तानी सहज रूपमा गर्न सकिने व्यवस्था गरिएको छ।

कम्पनीका अनुसार रेमिट्यान्ससँगै अब डिजिटल फाइनान्समा पनि आफ्नो पहुँच विस्तार गर्ने लक्ष्य लिएको छ।

असार २९, २०८२ आइतबार १९:०२:५० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।