छात्रालाई 'ह्याप्पी बर्थडे मेरी जान' भनेपछि विद्यालयमै कुटिए शिक्षक

छात्रालाई 'ह्याप्पी बर्थडे मेरी जान' भनेपछि विद्यालयमै कुटिए शिक्षक

रौतहट : रौतहटको गरुडा नगरपालिका-९ श्रीपुरस्थित श्री माध्यमिक विद्यालयमा एक शिक्षकले छात्रालाई जिस्काएको आरोपपछि स्थिति तनावपूर्ण बनेको छ। घटनापछि आक्रोशित समूहले विद्यालयमा तोडफोड गर्नुका साथै सम्बन्धित शिक्षकलाई कुटपिट गरेका छन्।

जन्मदिनको अवसरमा एक छात्रालाई 'ह्याप्पी बर्थडे मेरी जान' लेखिएको सन्देश पठाएको आरोप शिक्षक रवीन्द्र प्रसाद साहमाथि लागेको हो। यही विषयलाई लिएर आइतबार विद्यालयका अभिभावक र विद्यार्थीहरूले शिक्षक साहमाथि हातपात गरेका थिए।

घटनापछि विद्यालयको संरचना र सामग्रीमा समेत तोडफोड गरिएको र अवस्था नियन्त्रणमा लिन प्रहरीलाई अश्रुग्यास प्रहार गर्नुपरेको इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी निरीक्षक ओमप्रकाश यादवले जानकारी दिए।

प्रहरीका अनुसार शिक्षक साहलाई हाल नियन्त्रणमा लिइएको छ भने विद्यालयमा रहेका अन्य शिक्षक तथा विद्यार्थीहरूलाई घर पठाइएको छ। अवस्था अहिले नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ।

असार २९, २०८२ आइतबार १८:३१:२१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।