दाङमा ३३ वर्षीया महिलामाथि जबरजस्ती करणी, एक जना पक्राउ

दाङमा ३३ वर्षीया महिलामाथि जबरजस्ती करणी, एक जना पक्राउ

दाङ : ३३ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका-७ भुह्यारथान डेरा गरी बस्ने रूकुम पश्चिम चौरजहारी नगरपालिका-११ घर भएका ३५ वर्षीय बीर बहादुर वली रहेका छन्।

बीर बहादुरले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

असार २९, २०८२ आइतबार १२:०५:३२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।