
लर्ड्स टेस्ट : इङ्गल्यान्डका ओपनरले फिजियो बोलाउँदा औँला ठड्याउँदै बहसमा उत्रिए भारतीय कप्तान

एजेन्सी : लर्ड्स स्टेडियममा जारी भारत र इङ्ल्यान्डबीचको एन्डरसन-तेन्डुलकर ट्रफीको तेस्रो टेस्टको अन्तिम सत्रमा भारतीय कप्तान शुभमन गिलले इङ्गल्यान्डका खेलाडीसँग बहस गरेका छन्।
इङ्गल्यान्डका खेलाडीले ब्याटिङका लागि धेरै समय लिएपछि भारतीय कप्तान शुभमन गिल विपक्षी टोलीका ओपनर ज्याक क्राउलीसँग बहस गर्न गएका हुन्। नयाँ बलमा विकेट झर्ने बढी खतरा हुने भएकाले इङ्गल्यान्डका खेलाडीहरू नयाँ बलको सामना सकेसम्म कम गर्न चाहन्थे।
तर भारतीय खेलाडीहरू भने धेरैभन्दा धेरै ओभर गराएर अन्तिम सत्रमा एक विकेट भए पनि लिने मनसायमा थिए।
भारतका लागि ओपनिङ बलरको रूपमा जसप्रीत बुमराह आए। उनले लगातार २ बल फाले। क्राउली पिचमा आए र ब्याटले पिचमा भएका माटोका डल्ला हटाउन थाले। उनी तेस्रो बलको लागि तयार थिए। बुमराह र बाँकी भारतीय खेलाडीहरूले क्राउलीलाई ब्याटिङ गर्न भने, तर उनी एकदमै बिस्तारै क्रिजतर्फ गएँ।
पाँचौं बल क्राउलीको ब्याटको माथिल्लो भागमा लाग्यो, यसपटक उनले फिजियोलाई मद्दतको लागि बोलाए। यसपछि भारतीय कप्तान शुभमन गिलले ताली बजाउन थाले। उनीसँगै बाँकी भारतीय खेलाडीहरूले पनि ताली बजाए।
खेल स्थानीय समयअनुसार साँझ साढे छ बजे सम्म मात्र खेल्न सकिन्थ्यो। बुमराहले ओभर छिटो पूरा गरेर इनिङको दोस्रो ओभर सुरू गर्न चाहन्थे, तर क्राउलीले बढी समय लिए र बुमराहको ओभर साढे छ बजेपछि सकियो। यसबाट रिसाएका शुभमनले अंग्रेजी ओपनरहरूसँग बहस गरेका हुन्।
खेलको तेस्रो दिन ऋषभ पन्तले छक्का प्रहार गर्दै आफ्नो अर्धशतक पूरा गरे भने उनी इङ्ल्यान्डविरुद्ध सबैभन्दा धेरै छक्का प्रहार गर्ने टेस्ट खेलाडी बने। यसका अलावा केएल राहुलले शतक पनि बनाए।
लर्ड्समा टस जितेर पहिले ब्याटिङ गरेको इङ्गल्यान्डले १० ओभरमा ३८७ रन बनाएको थियो भने भारतले आफ्नो पहिलो इनिङमा पनि ३८७ रनमा सबै विकेट गुमायो। तेस्रो दिन इङ्गल्यान्डले दोस्रो इनिङको एक ओभरमा मात्र खेलेर दुई रन बनायो।
असार २९, २०८२ आइतबार ०९:४७:३४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।