बाढी र पहिरोका कारण पाँच राजमार्ग अवरुद्ध

बाढी र पहिरोका कारण पाँच राजमार्ग अवरुद्ध
Filephoto

काठमाडौं : बाढी र पहिरोका कारण आज देशका विभिन्न पाँच राजमार्ग अवरुद्ध भएका छन्।

प्रहरी प्रधान कार्यालयका अनुसार कोशी राजमार्ग, पासाङल्हामु राजमार्ग, भेरी करिडोर, अरनिको राजमार्ग र डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका-१ छलघाटमा सडक अवरुद्ध भएका हुन्। 

पहिराले अवरुद्ध भएका अन्य चार सडक एकतर्फी खुलाइएको प्रहरी प्रवक्ता विनोद घिमिरेले जानकारी दिए।

रोल्पा र गुल्मी जोड्ने सहिद राजमार्ग,  कालीगण्डकी करिडोरका साथै खोड्पे-बझाङ जोड्ने जयपृथ्वी राजमार्गमा भने सवारी साधन सञ्चालन भएका छन्। 

असार २८, २०८२ शनिबार २०:१२:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।