नवलपुरमा पुरुषको शव भेटियो

काठमाडौं : नवलपुरको विनयी त्रिवेणी गाउँपालिका-७ स्थित नेपाल-भारत सीमाको त्रिवेणी ब्यारेज पुलमा एक पुरुषको शव फेला परेको छ। शवको पहिचान हुन सकेको छैन।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी मधु नेपालले दिएको जानकारी अनुसार, पुल नजिकै पानीमा घोप्टो परेर तैरिरहेको अवस्थामा अन्दाजी ३५-४० वर्षीय पुरुषको शव भेटिएको हो।
इलाका प्रहरी कार्यालय त्रिवेणी र इलाका प्रहरी कार्यालय दुम्किबासको टोलीले शव निकालेको छ। शव पोष्टमार्टमका लागि पठाइएको छ।
हालैका बाढी वा अन्य घटनामा बेपत्ता भएका व्यक्तिको शव हुन सक्ने अनुमान प्रहरीले गरेको छ।
असार २७, २०८२ शुक्रबार ०९:००:२७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।