जीवनलाई सहज बनाउन तितो सत्य स्वीकार गर्न सक्ने मनोवृत्ति विकास गर्नुपर्छ : राजेश हमाल

जीवनलाई सहज बनाउन तितो सत्य स्वीकार गर्न सक्ने मनोवृत्ति विकास गर्नुपर्छ : राजेश हमाल

काठमाडौं : अभिनेता राजेश हमालले जीवनलाई सहज बनाउन तितो सत्य स्वीकार गर्न सक्ने मनोवृत्ति विकास गर्नुपर्ने बताएका छन्।

काठमाडौंमा बिहीबार आयोजित अक्टल विज्ञान उत्कृष्ट पुरस्कार वितरण कार्यक्रममा बोल्दै उनले जीवनको वास्तविकता भनेको सजिलो खोज्नु नभएर कठोर यथार्थसँग जुध्न सक्ने क्षमता विकास गर्नु रहेको बताए। 

‘जीवन भनेको एउटा युद्ध हो’, हमालले भने, ‘जसमा अन्त्यतिर हामी हार्छौं नै। तर त्यो यात्राभर केही मोर्चामा जित्छौं, जसलाई हामी सफलताको नाम दिन्छौं।’

उनका अनुसार सानातिना सफलतामा रमाउने बानी विकास गर्नु, जस्तोसुकै अवस्थामै पनि आत्माभित्रको दृष्टिले जीवनलाई गम्भीर रुपमा बुझ्न खोज्नु आवश्यक छ।

‘वास्तविकता बुझ्ने भनेर जीवन सजिलो हुँदैन’, हमालले थपे, ‘बरु तितो सत्य स्वीकार्न सक्ने भए जीवन सजिलो हुन्छ।’

त्यस्तै उनले सकारात्मक ऊर्जा बोकेर हिँड्न सके जीवन आफैँ सकारात्मक दिशामा अघि बढ्ने धारणा पनि व्यक्त गरे।

असार २६, २०८२ बिहीबार २१:३१:१५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।