काठमाडौं गुर्खाजको प्रमुख प्रशिक्षक बने मोन्टी

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो संस्करणको विवाद चर्किरहेका बेला एनपिएल क्लबहरू भने सक्रिए भएका छन्। एनपिएल क्लबहरूले धमाधम खेलाडी रिटेन र रिजिल गरिरहेका छन्। यसैबीच बिहिबार काठमाडौं गुर्खाजले प्रमुख प्रशिक्षक समेत नियुक्त गरेको छ।
फ्रेन्चाइज टोली काठमाडौं गुर्खाजले दोस्रो संस्करणका लागि मोन्टी देशाईलाई टिमको प्रमुख प्रशिक्षकमा नियुक्त गरेको हो।
नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वप्रशिक्षक समेत रहेका मोन्टीलाई क्लबले बिहीबार नियुक्त गरेको हो। मोन्टीले नेपालमा दुई वर्ष प्रशिक्षण दिँदै महत्वपूर्ण उपलब्धिहरू हासिल गराएका थिए।
उनको नेतृत्वमा नेपालले एकदिवसीय मान्यता जोगाउनुका साथै दोस्रो पटक टी-२० विश्वकपमा स्थान सुरक्षित गरेको थियो। त्यस्तै, नेपालले एसिया कपमा खेल्ने अवसर पाएको थियो भने एसीसी प्रिमियर कपको उपाधि पनि जितेको थियो।
काठमाडौं गोर्खाजले यसअघि नै छ खेलाडीलाई रिटेन गरिसकेको छ। करण केसी, साहब आलम, भीक सार्की, दीपेश कँडेल, प्रतिक श्रेष्ठ र राशिद खान काठमाडौंका मार्की हुन्।
असार २६, २०८२ बिहीबार १९:१८:०४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।