डीएस ग्रुपको क्याच मसला अब नेपाली भान्सामा, सेफ सन्तोष शाह बने ब्रान्ड एम्बेस्डर

डीएस ग्रुपको क्याच मसला अब नेपाली भान्सामा, सेफ सन्तोष शाह बने ब्रान्ड एम्बेस्डर

काठमाडौं : भारतको चर्चित एफएमसीजी र मल्टी-बिजनेस कर्पोरेशन धर्मपाल सत्यपाल ग्रुप (डीएस ग्रुप) अन्तर्गतको प्रख्यात ब्रान्ड क्याच स्पाइसेस अब औपचारिक रूपमा नेपाली बजारमा प्रवेश गरेको छ। 

स्वाद, सुगन्ध र शुद्धताको प्रतिक बनेको क्याच मसला अब नेपाली भान्सामा स्थानीय स्वादलाई अन्तर्राष्ट्रिय स्तरको गुणस्तरसहित पुर्या उने लक्ष्यसहित आएको हो।

क्याच स्पाइसेसले नेपाली उपभोक्ताका बदलिँदो प्राथमिकता, स्वादप्रतिको संवेदनशीलता र गुणस्तरप्रतिको जागरूकतालाई ध्यानमा राख्दै उत्पादनहरू प्रस्तुत गरेको छ। 

यसको उत्पादन लाइनमा स्ट्रेट मसला, मिक्स मसला, पेस्ट र साबुत मसला जस्ता फराकिला विकल्पहरू रहेका छन्, जसमा अत्याधुनिक ‘लो टेम्प्रेचर ग्रिन्डिङ’ प्रविधि प्रयोग गरिएको छ। यस प्रविधिले मसलाको मौलिक स्वाद, सुगन्ध, रङ र पोषण तत्वलाई यथावत राख्न मद्दत गर्छ।

क्याच स्पाइसेस अहिले काठमाडौं उपत्यकाका भाटभटेनी, खुद्रा स्टोरहरू, सेनाका क्यान्टिन, होटेल-रेस्टुरेन्ट-क्याफेहरू तथा दराज जस्ता इ–कमर्स प्लेटफर्महरूमा उपलब्ध भइसकेको छ। कम्पनीले छिट्टै अन्य प्रमुख शहर र ग्रामीण क्षेत्रसम्म पनि आफ्नो उपस्थिति विस्तार गर्ने जनाएको छ।

उत्पादनको नेपाल प्रवेशसँगै क्याच स्पाइसेसका बिजनेस हेड सन्दीप घोष भन्छन्, “हामी नेपाली बजारको हिस्सा बन्न पाउँदा उत्साहित छौं। क्याच मसला स्वाद, गुणस्तर र सुगन्धमा एकनासको भरोसा दिनसक्ने उत्पादन हो। हामी विश्वस्त छौं कि नेपाली उपभोक्ताहरूले पनि क्याचको मसलामा भान्साको नयाँ स्वाद पत्ता लगाउनेछन्।”

क्याच स्पाइसेसले आफ्नो ब्रान्डलाई नेपालमा मजबुत रूपमा स्थापित गर्न अन्तर्राष्ट्रिय ख्यातीप्राप्त सेफ सन्तोष शाहलाई ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ। 

कम्पनीले नेपाली बजारमा उपस्थिति बलियो बनाउन ३६० डिग्री मार्केटिङ अभियान सञ्चालन गर्दैछ, जसमा टेलिभिजन, पत्रिका, रेडियो, बाहिरी विज्ञापन, डिजिटल प्लेटफर्म र ग्राहक प्रत्यक्ष सम्पर्क हुने ‘अन–ग्राउण्ड’ कार्यक्रमहरू समावेश छन्। पहिलो चरणको अभियान हाल तीज, दसैं जस्ता चाडपर्व लक्षित गरी सुरु भइसकेको छ।

ब्रान्ड एम्बेसडर सेफ सन्तोष शाहले पनि विभिन्न टेलिभिजन विज्ञापन र कार्यक्रममा सहभागी भई आफ्ना पाककलाका रहस्य उपभोक्तासँग बाँड्ने छन्।

असार २६, २०८२ बिहीबार १६:४४:२४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।