त्रिशूली नदी किनारमा एक पुरुषको शव फेला

चितवन : चितवनको इच्छाकामना गाउँपालिका-६ कालिखोला स्थित त्रिशूली नदीको किनारमा आज एक अन्दाजी ४५ देखि ५० वर्ष उमेरको पुरुषको शव फेला परेको छ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख गोविन्द पुरीका अनुसार शवको केही अंगहरू नदेखिने अवस्थामा भेटिएको हो भने मृतकको पहिचान अहिलेसम्म खुल्न सकेको छैन।
प्रहरीले प्रारम्भिक अनुमानमा उक्त शव गत मंगलबार रसुवामा आएको बाढीमा बेपत्ता भएका व्यक्तिहरूमध्ये कसैको हुन सक्ने सम्भावना रहेको जनाएको छ। शवलाई परीक्षणका लागि भरतपुर अस्पताल ल्याइएको छ।
प्रहरीले शवको पहिचान खुलाउन आवश्यक अनुसन्धान सुरु गरेको छ।
असार २६, २०८२ बिहीबार १६:३२:२७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।