अनुशासन आयोगको कारबाही विधानविपरीत र एकतर्फी भएको कोइराला पक्षधरको आरोप

काठमाडौं : नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला पक्षधरले पार्टी अनुशासन आयोगको पछिल्लो कारबाहीलाई एकतर्फी र विधानविपरीत भन्दै आपत्ति जनाएका छन्।
डा. कोइरालाको सम्पर्क कार्यालयमा आज बिहान बसेको बैठकले कारबाही प्रक्रिया तत्काल स्थगन गर्न सभापति शेरबहादुर देउवासमक्ष अनुरोध गर्ने निर्णय गरेको सांसद राजेन्द्र बजगाईंले जानकारी दिए।
बैठकमा उपसभापति धनराज गुरुङले पार्टीलाई एकढिक्का बनाउँदै सशक्त रूपमा अघि बढाउने प्रयास भइरहेका बेला अनुशासन आयोगमार्फत एक्कासि कारबाही सार्वजनिक गरिनु दुःखद भएको टिप्पणी गरे।
बैठकमा डा. कोइरालासँगै उपसभापति गुरुङ, सहमहामन्त्री जीवन परियार, नेता अर्जुननरसिंह केसी, बलबहादुर केसी, डा. मीनेन्द्र रिजाल, अनुशासन समिति सदस्य सञ्जय गौतमलगायत सहभागी थिए।
असार २६, २०८२ बिहीबार १४:५४:३१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।