कैलाली र बागलुङमा पाँच जना मृत भेटिए

कैलाली र बागलुङमा पाँच जना मृत भेटिए

काठमाडौं : कैलाली र बागलुङ जिल्लामा पछिल्लो २४ घण्टाभित्र पाँच जना मानिस मृत अवस्थामा फेला परेका छन्।

कैलालीमा मात्रै तीन जनाको शव भेटिएको छ। जसअनुसार, गोदावरी नगरपालिका-२ महरा कटानस्थित गोदावरी नदी किनारमा बुधबार हाल नाम, थर र वतन नखुलेकी अन्दाजी ५६ वर्षीया एक महिला मृत भेटिएकी छिन्।

यसैगरी, चुरे गाउँपालिका-४ बाटेगडा बस्ने ५० वर्षीय पूर्ण बहादुर लामिछाने सोही ठाउँस्थित खहरे खोलामा बुधबार मृत अवस्थामा फेला परेका छन्।

उता, घोडाघोडी नगरपालिका-१० घुम्ने भाकल खल्लाखेतस्थित कान्द्रा नदी किनारमा हाल नाम, थर र वतन नखुलेकी अन्दाजी ४० वर्षीया महिला बुधबार मृत भेटिएकी छिन्।

उता, बागलुङ जिल्लामा दुई जना मृत भेटिएका छन्। काठेखोला गाउँपालिका-५ तल्लो सिर्पालीस्थित बिउँपोखरा गोश्वारा सडकमा सोही ठाउँ बस्ने ५७ वर्षीय झम बहादुर रोका बुधबार मृत अवस्थामा फेला परेका छन्।

साथै, बडिगाड गाउँपालिका-५ बादिप बस्ने ६१ वर्षीय प्रेम बहादुर बलाल आफ्नै घरमा बिहीबार मृत अवस्थामा फेला परेका छन्।

घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

असार २६, २०८२ बिहीबार १४:०९:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।