तीन दिनदेखि सम्पर्कविहीन थबाङ गाउँपालिकाका सात कर्मचारी सम्पर्कमा आए

काठमाडौं : रोल्पाको थबाङ गाउँपालिकाका तीन दिनदेखि सम्पर्कविहीन रहेका प्रमुख प्रशासकीय अधिकृतसहित सात कर्मचारी सकुशल सम्पर्कमा आएका छन्।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हेमराज घर्ती मगर, सहायक प्रशासन पाँचौँ तहका हरिश माझी, सह-लेखापाल यज्ञप्रसाद कँडेल, सब-इन्जिनियर चन्द्रप्रकाश ओली, निशा आचार्य, खापासटे शिवकुमार वली र सवारी चालक प्रदीप केसी आज सम्पर्कमा आएका हुन्।
उनीहरूले आज बिहान गाउँपालिका अध्यक्ष ऋषि केशव बुढामगरलाई फोन गरी गुल्मीको दुर्गम गाउँमा आफूहरू सकुशल रहेको जानकारी गराएका थिए।
गाउँपालिकाका ती कर्मचारी केही दिनअघि रुकुम पूर्वतिर कामको सिलसिलामा गएका बेला टेलिकमको नेटवर्क नहुँदा परिवार तथा कार्यालयसँग सम्पर्कविहीन भएका बताइएको छ।
गाउँपालिका अध्यक्ष बुढामगरले कर्मचारी सम्पर्कविहीन भएपछि बुधबार नै विज्ञप्ति जारी गरी जानकारी गराएका थिए।
असार २६, २०८२ बिहीबार १२:०२:१३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।