ललितपुरका यी क्षेत्रमा नेपाल टेलिकमको इन्टरनेट सेवा अवरुद्ध हुने

ललितपुरका यी क्षेत्रमा नेपाल टेलिकमको इन्टरनेट सेवा अवरुद्ध हुने

ललितपुर : नेपाल टेलिकम दूरसञ्चार कार्यालय पाटनले आफ्नो सेवा क्षेत्र अन्तर्गतका केही स्थानमा फाइबर-टु-द होम सेवा अवरुद्ध हुने सूचना जारी गरेको छ।

आन्तरिक मर्मत सम्भार कार्यका लागि सेवा बन्द गर्न लागिएको कार्यालयले जनाएको छ।

कार्यालयद्वारा प्रकाशित सूचना अनुसार, मानभवन, प्रयाग पोखरी, सौगल तथा आसपासका क्षेत्रहरूमा असार २६ गते बिहीबार राति ११ बजेदेखि भोलिपल्ट बिहान ६ बजेसम्म एफटीटीएच अन्तर्गतका टेलिफोन, इन्टरनेट र टेलिभिजन सेवा प्रभावित हुनेछन्।

निर्धारित समयपछि पनि सेवा सञ्चालन नभएमा नेपाल टेलिकमको ग्राहक सेवा केन्द्र १९८ वा पाटन कार्यालयको टेलिफोन नम्बर ०१-५४२३३६३ मा सम्पर्क गरी जानकारी लिन सकिने व्यवस्था गरिएको छ।

असार २६, २०८२ बिहीबार ११:१२:३६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।