पौडी सिक्न गएका बालक पोखरीमै अचेत, उपचारको क्रममा मृत्यु

सांकेतिक तस्बिर
वीरगञ्ज : पौडी सिक्न गएका वीरगञ्जका एक बालकको डुबेर मृत्यु भएको छ।
एक होटलको पौडी पोखरीमा तालिम गर्न गएका वीरगञ्ज महानगर-११ रानीघाटका नौ वर्षीय बालक बजरङ्गी रौनियारको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालयका प्रमुख गौतम मिश्रले होटलको तेस्रो तल्लामा रहेको स्वमिङ पुलमा डुबेर अचेत भएका बालकलाई नारायणी अस्पताल भर्ना गरिएको थियो।
प्रशिक्षक र जीवन रक्षकलाई निगरानीमा राखेर अनुसन्धान भइरहेको बताउँदै उनले भने, ‘अस्पतालले बुधबार बेलुका बालकको मृत्यु भएको जानकारी दिएको छ।’
असार २६, २०८२ बिहीबार १०:३०:३६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।